परस्त्रीसँग होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु

बुटवल । बुटवलमा परस्त्रीसँग होटलमा बसेका बुटवल उपमहानगरपालिका–६ चाँदबारीका ५६ वर्षीय सतिशकुमार क्षेत्रीको शनिवार दिउँसो मृत्यु भएको छ। प्रहरीले उक्त घटनाबारे विभिन्न कोणबाट अनुसन्धान सुरु गरेको जनाएको छ ।

बुटवल मिलन चोकस्थित न्यू अर्घाखाँची लुम्बिनी होटेल एन्ड लजमा एक विवाहित महिलासहित होटल पुगेका उनी मृत अवस्थामा भेटिएका हुन । क्षेत्रीको शव पोस्टमार्टमका लागि तत्कालै अस्पताल पठाइएको छ र

Advertisement

‘शवमा बाहिरी चोटपटक केही देखिएको छैन । प्रहरीका अनुसार शनिबार दिउँसो बुटवल–२ पाखा पानीकी ३० वर्षीय महिलासँग क्षेत्री सो होटलमा पुगेका थिए । ती महिलाका श्रीमान वैदेशिक रोजगारीका सिलसिलामा बाहिर रहेको प्रहरीले जनाएको छ । प्रहरीले क्षेत्रीसँगै रहेकी महिलालाई सोधपुछका लागि नियन्त्रण लिएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु