बर्दिया —कब्जा गरेको कपास विकास समितिको जग्गा खाली नगरे कारबाही गर्ने चेतावनी दिएपछि भूमिहीन सुकुम्बासीले आइतबार राति त्यहाँबाट हटेका छन् ।
कपास विकास समिति, मधुवन नगरपालिका–८ कुसुम्बा बजारस्थित कपास विकास समितिको घर जग्गा भूमिहीनको नाममा कब्जा गरेर बसेकाहरु प्रहरीको चेतावनीपछि आइतबार राति छाडेर गएका हुन् ।
Advertisement
प्रहरीले माइकिङ गर्दै कब्जा गरेको कपास विकास समितिको जग्गा खाली गर्न भनेपछि छाडेर निस्केको सशस्त्र प्रहरी उपरिक्षक मानबहादुर शाहीले बताए । अहिले त्यहाँबाट सबै भूमिहीनका नाममा आएकाले कपास विकास समितिको जग्गा छाडेर फर्कि सकेको उनले जनाए ।
बर्दिया लगायत विभिन्न जिल्लाबाट आएका करिब १ सय ५० जनाले आइतबार बेलुकी कब्जा गरि अस्थायी टहरा बनाउन थालेका थिए । नेपाल शुद्ध भुमिहीन स्वतन्त्र पार्टीको नाममा उनीहरुले कपास विकास समितिको जग्गा कब्जा गरेका थिए । सशस्त्र द्वन्द्वका समयमा माओवादीले कब्जा गरेको घर र भवन ०६४ सालमा सशस्त्र प्रहरीले अतिक्रमण हटाएर क्याम्प राखेको थियो ।
करिब ४ वर्षअघि सशस्त्र क्याम्प अन्यत्र स्थान्तरण गरि कपास विकासको जिम्मा लगाएकोमा उक्त पार्टीले कब्जा गरेको थिए । अतिक्रमण हटाउन सशस्त्र प्रहरी बल र नेपाल प्रहरी त्यस तर्फ परिचालन भएका थिए । ईकान्तिपुर









