काठमाडौं . सोमबार सेयर बजार परिसूचक नेप्से सामान्य अंकले घटेको छ। नेप्से परिसूचक ८.२४ अंकले घटेर २६२२ विन्दुमा आइपुगेको हो।
Advertisement
यसदिन कारोबार रकम पनि घटेको छ। आइतबार नौ अर्ब २० करोड रूपैयाँको कारोबार भएकोमा सोमबार ६ अर्ब पाँच करोड रूपैयाँको कारोबार भएको छ।
कारोबारमा आएकामध्ये जीवन बीमा र जलविद्युत् समूह सबैभन्दा धेरैले घटेका छन्। यी समूहमा एक प्रतिशतभन्दा धेरैले ह्रास आएको छ।
यसदिन विकास बैंक, होटल, उत्पादनमूलक, सामूहिक लगानी कोष, अन्य र व्यापारमूलक समूहगत परिसूचकमा झिनो सुधार आएको छ।
यसदिन तीन सय ३३ लगानी उपकरण कारोबारमा आउँदा एक सय २१ वटाको मूल्य बढेको छ। एक सय ९० वटाको मूल्य घटेको छ भने बाँकीको स्थिर छ।










