साढे ४ ग्राम बढी ब्राउनसुगरसहित मुसिकोटका दुई युवा बर्दियामा पक्राउ

बर्दिया —बर्दियाको बढैयाताल सिमाको भारतिय सीमावर्ती लौकाही हुँदै आएका रुकुम पश्चिम मुसिकोट नगरपालिका–५ का दुई युवा लागुऔषध ब्राउन सुगर सहित बर्दिया प्रहरीले पक्राउ गरेको छ ।

 

Advertisement

गुलरिया नपा–११ गणेशपुर नाका हुँदै भे८ प १८७२ नम्बरको मोटरसाइकलमा सवार रुकुमपश्चिम मुसिकोट–५ का २३ वर्षीय विकास परियार र सोही ठाउँका २३ वर्षीय विनोद कठायतलाई चेकजाँच गर्दा ४ ग्राम ६ सय मिलीग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी डिएसपी देवेन्द्र कुमार मल्लले बताए ।

प्रहरीले उनीहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरि रहेको च ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु