राप्तीसोनारीमा १८ दिने बिपद् स्वयंसेवक परिचालन तालिमको उद्घाटन

नेपालगन्ज, १९ कार्तिक २०८२
बाँकेको राप्ती सोनारीको सम्शेरगन्जमा दोस्रो पटक १८ दिने बिपद् स्वयंसेवक परिचालन तालिम संञ्चालन भएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं.४२ रिजर्भ गण हेडक्वाटरमा संञ्चालन भैरहेको तालिमको बुधबार एक कार्यक्रम बिच प्रमुख अतिथि राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष मनिषा सिंह थारुले उद्घाटन गर्नुभएको छ । उद्घाट्न सत्रमा बोल्दै थारुले बिपद् व्यवस्थापनका लागि बिभिन्न संघसंस्थासंग समन्वय गरेर तालिम लगायत् सचेतनाका कार्यक्रम गर्दै आएको बताउनुभयो । बिपद्को उच्च जोखिममा पालिका भएकाले स्थानीय स्तरमा बिपद् स्वयंसेवाक तयार गर्दा पनि रोजगारी तथा बिभिन्न कारणले बिपद्का बेलामा बहिर हुदां समस्या हुने गरेको उहाँले बताउनुभयो । पालिकामा आउने बर्षेनी बिपद्का बेलामा सशस्त्र प्रहरीले ठुलो सहयोग गर्दै आएको बताउनुभयो । तालिम पश्चात बिपदमा स्वयंसेवकको भुमिका महत्वपुर्ण भएकाले परेको बेलामा निस्वार्थ रुपमा काम गर्ने आपेक्षा समेत उहाँले गर्नुभयो ।

Advertisement

उद्घाटन सत्रको कार्यक्रममा शुभकामना दिर्दै बिशिष्ट अतिथि सशस्त्र प्रहरी बल, नेपाल नं.४२ रिजर्भ गण हेडक्वाटर सम्शेरगन्जका गणपति सशस्त्र प्रहरी उपरिक्षक प्रमोद कुमार भारतीले बिपद् सबैको साझा बिषय भएकाले सबै सरोकारवालाको संयुक्त प्रयासमा व्यवस्थापन गर्न सकिने बताउनुभयो । राप्तीसोनारी गाउँपालिका बाढीको बिपद्बाट प्रभाबित पालिका भएकाले स्थानीयलाई बिपद् सम्बन्धि तालिम लिन एकदमै आवश्यक रहेको उहाँले भनाई थियो । तालिम अवधिभर प्रशिक्षार्थीहरुलाई उत्साहका साथ उद्देश्य अनुरुप तालिम लिने आपेक्षा समेत उहाँले गर्नुभयो ।

कार्यक्रममा बिशिष्ट अतिथि भेरी बाताबरणीय विशिष्टता समुह बि ग्रुपका अध्यक्ष डा. इन्द्र बहादुर भण्डारीले तालिम सफलताको शुभकामना दिर्दै सरकारले बिपद्का बारेमा बिद्यालयस्तरबाटै पाठ्क्रममा राखेर शिक्षा दिनु पर्ने बताउनुभयो । बिपद् व्यवस्थापन कसरी गर्ने, पूर्वतयारी र सचेतनाका बारेमा बिद्यालयको पाठ्यक्रममा समबेश गरेमा सबै सचेत रहने कुरामा उहाँले जोड दिनुभएको थियो । तालिम भेरी बताबरणीय बिशिष्टता समुह बि ग्रुप बाँकेको आयोजना, गैरसरकारी संस्था ए डब्लु ओ ईन्टरनेशनल र ए डिएचको आर्थिक सहयोग, सशस्त्र प्रहरी बल, नेपाल नं.४२ रिजर्भ गण हेडक्वाटर सम्शेरगञ्जको प्राविधिक सहयोग तथा सहजीकरण र राप्तीसोनारी गाउँपालिकाको समन्वयमा भैरहेको १८ दिने तालिम दिगो जीविकोपार्जनका लागि बिपद् तथा जलबायु परिवर्तन उत्थानशिल प्रबद्र्धन कार्यक्रम अन्र्तगत संञ्चालन भैरहेको छ । तालिममा राप्तीसोनारी गाउँपालिका वडा नं. २, ३, ४ र ५ का २४ जना युवाहरुको सहभागिता रहेको छ ।

तालिममा बिपद्को परिचय, प्राथमिक उपचार, भत्केका संरचनामा गरिने खोज तथा उद्धार, पानीमा गरिने उद्धार, अग्नि नियान्त्रण, बिपद् सम्बन्धि ऐन, सडक दुर्घटना लगायत्का बिषयमा स्वयंंसेवकहरुलाई प्रशिक्षित गरिने कार्यक्रमका मुख्य प्रशिक्षक सशस्त्र प्रहरी निरिक्षक जिवन लाल बुढाले बताउनुभयो । स्थानीय नागरिकलाई विपद्का बारेमा पूर्वतयारी तथा सचेतना जगाउने उद्देश्य राखिएको बि ग्रुप अन्र्तगत दिगो जीविकोपार्जनका लागि बिपद् तथा जलबायु परिवर्तन उत्थानशिल प्रबद्र्धन कार्यक्रमका संयोजक भुवन कार्कीले बताउनुभयो । बिपद् परेको बेलामा आपैmले खोज,उद्धार तथा प्रतिकार्यका थप क्रियाकलापहरु दक्षतापुर्वक सञ्चालन तथा सहयोग गर्न टोल स्तरमा जनशक्ति तयार गर्ने र पालिकाका ९ वटै वडामा आवश्यक परेको खण्डमा उक्त प्रशिक्षित स्वयंसेवकहरुलाई परिचालन गर्ने गरी रोस्टर समेत तयार गरेर अगाडी बढ्ने योजना रहेको कार्यक्रम संयोजक कार्कीले बताउनुभयो । तालिम पश्चात तयार भएको जनशक्तिको रेकर्ड सम्बन्धित निकायमा समेत पठाई बिपद्का बेलामा ती स्वयंसेवकलाई परिचालन गर्ने गरी आगडी बढ्ने उहाँले बताउनुभयो ।

तालिम सशस्त्र प्रहरी बल, नेपाल नं.४२ रिजर्भ गण हेडक्वाटर सम्शेरगञ्जका सशस्त्र प्रहरी नायब उपरिक्षक छबि लाल रावतको संयोजकत्वमा संञ्चालन हुने तालिममा महिला पुरुष सहित ९ जना अनुभवि र दक्ष प्रशिक्षकद्धरा सहजीकरण हुने आयोजकले जनाएको छ । बि ग्रुपले बिगतमा राप्ती सोनारीको वडा नंं. १, २, ८ र ९ मा सामुदायिक उत्थानशिलताका लागि बिपद् स्वयंसेवक परिचालन तालिम, यस अघि नै संञ्चालन गरिसकेको छ । पालिकामा थप जनशक्ति आवश्यक भएकाले, यस प्रकारको तालिम संञ्चालन गर्न लागेको संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु