बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ

 

सुर्खेत । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका ६ बस्ने जुम्ला तिला गाउँपालिका(९ घर भएका ४० वर्षीय हंस बहादुर बोहोरा पक्राउ परेका छन्। उनलाई बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

Advertisement

बोहोराले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्दै परेको उजुरीका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु