काठमाडौँ । बिहीबार राति १० बजेर ४० मिनेटमा दार्चुला जिल्लाको तवाघाट आसपास भारत सीमाक्षेत्र केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।
भूकम्पको प्रभाव दार्चुला आसपासका क्षेत्रमा हल्का रूपमा महसुस गरिएको भए पनि अहिलेसम्म कुनै मानवीय क्षति वा भौतिक नोक्सानीको विवरण प्राप्त भएको छैन ।
Advertisement
सुदूरपश्चिमका विभिन्न जिल्लामा पछिल्ला वर्षहरूमा साना ठुला भूकम्पका झट्का अनुभव भइरहेका छन् । भूगर्भ विभागले नागरिकलाई सचेत रहन र आधिकारिक जानकारीका लागि विभागको सूचना अनुसरण गर्न आग्रह गरेको छ ।









