बर्दियामा मोटरसाइकल दुर्घटना: एकको मृत्य, एक घाइते

 

बर्दिया —मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा पछाडि सवार गुलरिया–७ का ३० वर्षीय विकास यादवको मृत्यु भएको छ ।

Advertisement

उनको जिल्ला अस्पताल गुलरियामा उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डीएसपी देवेन्द्रकुमार मल्लका अनुसार राजापुर नगरपालिका–१० स्थित जोगीपुर हुलाकी सडक खण्डमा राजापुर हुँदै गुलरियातर्फ आइरहेको लुप्र ०३००१प४१५७ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।

मोटरसाइकल चालक गुलरिया–७ का ३६ वर्षीय रामदत्त सोनीको अवस्था चिन्ताजनक भएकाले थप उपचारका लागि शिक्षण अस्पताल नेपालगन्ज रिफर गरिएकामा उक्त अस्पतालले यहाँ उपचार सम्भव नभएपछि लखनउ रिफर गरिएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु