बाँके । लागु औषधसहित बाँकेमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका १५ चन्दहवाबाट ४ ग्राम २ सय मिलिग्राम लागु औषकसहित १९ वर्षीय अनुप थारुलाई ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
यसैगरी बाँके राप्तीसोनारी गाउँपालिका ६ मैमानपुरबाट ८ ग्राम ५ मिलिग्राम उक्त पदार्थसहित भे.प २७७७ नम्बरको मोटरसाइकलमा सवार नरैनापुर गाउँपालिका ३ बालापुर बस्ने २० वर्षीय हसिब खाँ र २० वर्षीय सैबाज खाँ लाई लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज समेतबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।









