बाँकेका नयाँपुस्ता लोकतान्त्रिक अभ्यासमा

बाँके । बाँकेका युवा लोकतान्त्रिक अभ्यासमा   सहभागिता बढाउन निःशुल्क मतदाता फाराम भरिदिने अभियान सुरु गरेका छन् । नेपालगन्जका युवा सागर आचार्यको नेतृत्वमा सुरु गरिएको यो अभियानमा प्रविधिमा निपूर्ण युवाले मतदाता हुन चाहनेको फाराम भर्ने, अनलाइन दर्ता गर्ने र त्रुटि सच्याउने काममा सहयोग गर्दै आएका छन् ।

स्थानीय युवा सागर आचार्यका अनुसार सो समूहले हालसम्म ३७३ जनाको मतदाता फाराम निःशुल्क भरिदिएको छ र पाँच सय जनाको लक्ष्य राखिएको छ । उहाँले भन्नुभयो, “लोकतन्त्रमा हरेक मतको मूल्य हुन्छ, कुनै पनि नागरिक आफ्नो अधिकारबाट वञ्चित नहोस् भन्ने हाम्रो उद्देश्य हो ।”

Advertisement

निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीका अनुसार हालसम्म बाँकेमा पाँच हजार २२९ जना नयाँ मतदाता थपिएका छन् । बाँकेमा हाल तीन लाख ३३ हजार ९३४ मतदाता दर्ता भएका छन् । जसमा एक लाख ६९ हजार ८७६ पुरुष, एक लाख ६४ हजार ४९ महिला र नौ जना अन्य मतदाता छन् ।

हाल दुवै जिल्लाका निर्वाचन कार्यालयले बाँकी रहेका दिनमा भिड अझ बढ्ने अनुमान गर्दै सेवाको सहजता र व्यवस्थापनमा ध्यान दिइरहेका छन् । निर्वाचन आयोगले कात्तिक ३० गतेसम्म नयाँ मतदाता नाम दर्ता गर्ने म्याद तोकेको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु