काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले आइतबार साँझ कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
Advertisement
बोर्डका अनुसार परीक्षामा एक लाख चार हजार २६ जना परीक्षार्थी सहभागीमध्ये ७६ हजार तीन सय ६७ जना अर्थात् ७३।४१ प्रतिशत ग्रेड प्राप्त गरेका छन् ।
यसैगरी, चार जनाको परीक्षाफल रद्द भएको छ । गत असोग ७ र ८ गते कक्षा १२ को मौका परीक्षा सञ्चालन गरिएको थियो ।









