महिलाको हत्या गरी गहना लुटपाट

धनुषामा मिटरव्याज पीडित महिलाको विभत्स हत्या, गहना पनि लुटियो

 

Advertisement

जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिका ७ नौवाखोरकी ६२ वर्षीया चन्द्रकला देवी दासको हत्या गरी महिलाले लगाएका सुनचाँदीका गरगहनासमेत लुटेर लगेको पाइएको छ ।
प्रहरीका अनुसार सोमबार साँझ घरभन्दा ५०० मिटर टाढा खेतमा अनुहार तथा टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा उनको शव फेला परेको हो।

 

घटना पश्चात धनुषा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । घटनाबारे राति ९ बजे जानकारी प्राप्त भएको थियो । त्यसपछि प्रहरी घटनास्थल पुगेको थियो ।

 

स्थानीयका अनुसार महिला मिटरव्याज पीडित हुन् । त्यसकै निहुमा उनको हत्या भएको आशंका प्रहरीको छ ।

प्रहरीले लुटिएको गहना बरामद गरेको छ । कसले लुटेको भनेर खुलाएको छैन ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु