नेपाल प्रहरी आजदेखि दानबहादुर कार्कीको कमाण्डमा

 

काठमाडौं । कात्तिक २५ गतेको मन्त्रिपरिषद् बैठकबाट नेपाल प्रहरीको सर्वोच्च पद आईजीपीमा नेपाल प्रहरीको कमाण्ड आजबाट दानबहादुर कार्कीले सम्हाल्दैछन् ।

Advertisement

प्रहरी नियमावलीमा उल्लेख रहेको ३० वर्षे सेवा अवधिका कारण अघिल्ला आईजीपी (महानिरीक्षक) चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा गएकाले कार्कीले नेपाल प्रहरीको कमाण्ड सम्हाल्न लागेका हुन् ।

कात्तिक २५ गतेको मन्त्रिपरिषद् बैठकबाट नेपाल प्रहरीको सर्वोच्च पद आईजीपीमा नियुक्त कार्की आज प्रहरी प्रधान कार्यालय गएर औपचारिक रुपमा जिम्मेवारी सम्हाले कार्यक्रम छ । गृहमन्त्रालयमा दर्ज्यानी चिह्न लगाएपछि उनले पदभारग्रहण गर्नेछन् ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु