गाउँगाउँमा ई रिक्साः सेवासंगै रोजगारी पनि

नेपालगन्ज-  बढैयाताल गाउँपालिका वडा न. ४ की सरिता सुनारलाई सुत्केरी ब्यथा लागेपछि उनका परिवारले अटो चालकलाई खबर गरे । गाउँकै भएकाले छिनभरमै अटो उनको घर पुग्यो । अटो चालकले प्रसुतीका लागि करिव ५ किलो मिटर दुरी प्राथमिक स्वास्थ्य केन्द्र सोरहवामा पु¥याई दिए । अटो चालक त्रिलोकी पासीले सरितजस्तै दर्जनौ महिलालाई सुत्केरी ब्यथा लागेका महिलालाई अस्पताल पु¥याएका छन् । गाउँमा कोही विरामी भयो भने अटोमै राखेर मेडिकलमा र स्वास्थ्य केन्द्रमा पु¥याउनु पासीको दैनिकी बनेको छ । गाउँकै सुकदेव चौधरी पनि अटोबाटै विरामीहरुलाई अस्पताल पु¥याएर सहयोग गरिरहेका छन् ।

‘अटो चलाएर गाउँका मान्छेहरुलाई सेवा दिन पाएको छु । सेवासंगै मैले पनि रोजगारी पाएको छु,’ अटो चालक पासी भन्छन्,‘पहिले मजदुरी गर्न जान्थे । अहिले अटोले राम्रै आम्दानी गरेको छु । परिवार पाल्न सहज भएको छ । छोराछोरी पढाएकै छु ।
यि केही उदहरणमात्रै हुन । कहिकतै जानु छ खबर गरेलगत्तै घरमै अटो रिक्सा चालक हाजिर हुन्छन् । पनि एम्बुलेन्सको काम तिनै अटो रिक्साहरुले गरिरहेका छन् । बिद्यार्थी बोक्न बिद्यालले अटो नै प्रयोग गरिरहेका छन् । सस्तो भाडा र गल्लीमा पनि सहजै आउजाउ गर्न सक्ने भएकाले अटो रिक्साको माग बढेको हो । अटोले सर्वसाधारणहरुको दैनिकीलाई जति सहज बनाएको छ त्यति नै रोजगारीको सृजना गरिदिएको छ । कतिपयले दैनिक अटो भाडामा लिएर आम्दानी गरेका छन् भने कतिपयहरुले आफ्नै किनेका छन् । नेपालगन्जमा मात्रै ईरिक्सा र अटोले करिव १० हजार बढीलाई रोजगारी दिएको छ । ‘पहिले नेपालगन्जमा ज्याला मजदुरीको काम गर्थे । दैनिक सात सय रुपैयाँ ज्याला पाउँथे । ईरिक्सा आएपछि भाडामा लिएर चलाईरहेको छु,’ नेपालगन्जमा ईरिक्सा चलाउँ आएका बर्दिया गुलरियाका कामेश्वर चौधरी भन्छन्,‘अटो चलाएर दिनमा १५ सयसम्म कमाइरहेको छु । मजाले छोराछोरी पढाउन सकेको छु ।’ उनले दैनिक अटो भाडा एक हजार साहुलाई बुझाउँछन् ।
गाउ“का चिया, घुम्ती पसल पुग्ने हो भने अटो चालकहरुको सम्पर्क नम्बर लेखेको देख्न सकिन्छ । सर्वसाधारणहरुको सहजताका लागि र पेशाले गति लिओस भन्ने उदेश्य राखेर अटो चालकहरु आफ्नो सम्पर्क नम्बर सार्वजनिक स्थलमा राख्ने गरेका हुन । ‘विरामी बोक्ने काममात्रै होईन परिवारसंग घुम्न जान चाहनेहरुले घरमै बोलाउ“छौ । उनीहरुलाई पनि सजिलो हुन्छ,’ अर्का अटो चालक सुकदेब चौधरी भन्छन्,‘अटो चाल्न थालेपछि मान्छेहरु पैदल हिड्न छाडिसके । त्यसैले हाम्रो माग बढेको छ ।’

Advertisement

शहरमा मात्रै होईन, गाउँगाउँमा अटोहरु छ्याप्छ्याटी चलेको देख्न सकिन्छ । ठूला सवारी साधन नचल्ने गाउँबाट अटो चढेर सार्वजनिक बस पाउँने स्थानसम्म पुग्न सहज बनेको छ । किसानहरुले अटोमै राखेर तरकारी बिक्री गर्न पुग्छन् । गाउँबाहेक नेपालगन्ज उपमहानगरपालिकामा मात्रै ईरिक्सा र पेट्रोलबाट चल्ने अटो १० हजार बढी छन् ।
शहरमा समस्या पनि अटो र ईरिक्साले नेपालगन्जमा धेरैलाई रोजगारी दिएको छ । सर्वसाधाणहरुलाई आउजाउ गर्न सहज छ । तर जथाभावी रिक्सा चलाउँदा र ट्रफिक नियम पालना नगर्दा सर्वसाधारणहरुलाई सास्ती पनि खेप्नु परेको छ । चालकहले एक्कासी बाटो काट्दा दुर्घटनासमेत हुन गरेको छ । चोकहरुमा उल्टो बाटो भएर सडक काटेको सहजै देख्न सकिन्छ । रिक्साको भिडल नेपालगन्जको धम्बोझी चोक, सदरलाईन, त्रिभुवन चोक क्षेत्रका सडक जाम हुने गरेको छ । बीच बाटोमै रिक्सा राखिन्छ । एक्कासी सुईया बाटो काट्छन, नेपालगन्ज धम्बोझी चोकका रमेशकुमार शर्मा भन्छन्, ‘रिक्साले जति सजिलो भएको छ त्यति धेरै सास्ती पनि खेप्नु पर्छ ।’

नेपालगन्ज रुपैडिहा नाकाको कुरै नगरौँ । त्यसो अस्तव्यवस्त छ । ई रिक्साको भिड बढ्दै गएपछि नेपालगन्जमा कति आवश्यक छ भन्ने बहस सुरु भएको छ । नेपालगन्ज उपमहानगरपालिका रिक्सा व्यवस्थापनका लागि दर्ता प्रक्रिया सुरु गरेको छ । राजस्व शाआका अधिकृत बीरबहादुर थापाका अनुसारहालसम्म ५ सय रिक्सा दर्ता भएका छन् । उनका अनुसार नेपालगन्ज क्षेत्रमा कम्तिमा पनि १० हजार ईरिक्सा चल्छन् । यति धेरै आवश्यक छैन ।’

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु