लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मंसिर ८ गते

 

लुम्बिनी — लामो समयदेखि अबरुद्ध लुम्बिनी प्रदेशको हिउँदे सातौँ अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले मंसिर ८ गतेदेखि प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान गरेका हुन ।

Advertisement

नेपालको संविधानको धारा १८३ को उपधारा ९१० र धारा १६६ को उपधारा ९२० बमोजिम मंसिर ८ गते सोमबार अपराह्न १ः०० बैठक हुनेगरी प्रदेश प्रमुख घर्तीले अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेशसभा सचिवालयमा जिल्लासभा तथा जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधासम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक दर्ता भएका छन् ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु