कृष्ण कटेजबाट साढे ६१ ग्राम ब्राउन सुगरसहित दुई युवा पक्राउ

बाँके-  नेपालगंज उपमहानगरपालिका-१० स्थित कृष्ण कटेजबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६१ ग्राम ४ सय ८० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-४ बस्ने २२ वर्षीय सहिल शेष र सोही उपमहानगरपालिका-२ बस्ने १८ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यायल बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

Advertisement

बर्दिया, बढैयाताल गाउँपालिका-८ कन्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम सहित बाँसगढी नगरपालिका-९ माछागढ बस्ने २४ वर्षीय बसन्त बुढालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु