सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं- काठमाडौं, शंखरापुर नगरपालिका-१ छापभञ्ज्याङ ढकालगाउँस्थित सडकमा प्रदेश.३ ०२-१० प ७४५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-८ घर भएका ३५ वर्षीय एक बहादुर तामाङको बिहीबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

जुम्ला, चन्दननाथ नगरपालिका-६ बसपार्कस्थित सडकमा रोकी राखेको भे.२ त १८६८ नम्बरको ट्याक्टरमा भे.७ प २२२२ नम्बरको मोटरसाइकल ठक्कर खाई बिहीबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक पातारासी गाउँपालिका-३ बस्ने ४५ वर्षीय जन बहादुर बुढाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Advertisement

तनहुँ, व्यास नगरपालिका-१२ घाँसीकुवास्थित सडकमा ग.२३ प ९५४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-१ भादगाउँ बस्ने १९ वर्षीय जगत बाचे मगरको बिहीबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रदेश अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु