मृत अवस्थामा फेला

काठमाडौं- काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-११ कपन लसुनटारस्थित टहरामा बस्ने रूकुम पूर्व तकसेरा घर भएका ४० वर्षीय स्याल्टे भन्ने पलमान बुढा मगर सोही टहरा नजिक रहेको करेसाबारीमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

डोटी, बडिकेदार गाउँपालिका-५ अत्तरकाँडा बस्ने ६८ वर्षीय दान सिंह कोत्केनी सोही गाउँपालिका-४ भिर चौतारीस्थित सडक छेउमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

Advertisement

धादिङ, धुनिवेशी नगरपालिका-७ लप्से बस्ने ३३ वर्षीय प्रबिन भन्ने प्रकाश भण्डारी आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
रौतहट, चन्द्रपुर नगरपालिका-१ पौराईस्थित बागमती नदीको किनार नजिक रहेको कोही नबस्ने कच्ची घरमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु