ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, १९ घाईते

 

१६ कात्तिक, धनगढी । डोटीको भीमदत्त राजमार्गअन्तरगत जोरायल गाउँपालिका–१ घोरडीमा सुपप्र ०१००२ त ६७२३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा १८ वर्षका सालिन राना मास्केमगरको मृत्यु भएको छ ।

Advertisement

१९ जना घाइते भएका छन्

 

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार ट्याक्टरमा २५ जना मजदुर सवार थिए । घाइते भएकाहरूलाई थप उपचारका लागि धनगढी ल्याइएको छ । उनीहरू मध्ये पाँच जना उपचारपछि घर फर्किएका छन् । १४ जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

 

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु