नेपालगन्ज। कोहलपुरबाट काठमाडौँ जाँदै गरेको भे १३ प ११८३ नम्बरको मोटरसाइकल र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा प्र ११४५ नम्बरको यात्रुबाहक बस राप्तीसोनारी गापा २ अगैया बजारमा ठोक्किएर एक जनाको मृत्यु भएको छ ।
Advertisement
दुर्घटनामा परी मोटरसाइकल चालक बर्दिया गुलरिया नगरपालिका ६ बुद्ध टोल बस्ने वर्ष ४४ का कृष्ण घर्ती क्षेत्रीको मृत्यु भएको छ । घाईते क्षेत्रीको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका लागि लगिदै गर्दा मृत्यु भएको कोहलपुर प्रहरीले जनाएको छ । मृतक कञ्चनपुर जिल्ला पुर्नवास गाउँपालिका वडा नम्बर ९ का स्थायीबासी हुन ।
बस चालक र बसलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









