बाँके । गएको भदौ २४ उच्च अदालत तुलसीपुर, इजलास नेपालगन्जमा आगजनी, तोडफोड, लुटपाट तथा चोरी गरेको आरोपमा बाँके प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नेपालगन्जका रवि कुमार वैश्य, बल्लु गोडिया,गंगा सागर वर्मा, मोहम्मद ताहिर हलवाई, एशन राज सिद्दिकी र ओमराज सोनी रहेको प्रहरीले जनाएको छ ।
Advertisement
उनीहरुहरुबिरुद्ध अपराधिक उपद्रवसम्बन्धी कसूरको अभियोग छ । प्रहरीले जिल्ला अदालतबाट उनीहरूलाई पाँच दिनको म्याद थप गरी अनुसन्धान जारी राखिएको छ ।
यसअघि पनि नेपालगन्जका विभिन्न सरकारी कार्यालयमा आगजनी र तोडफोड गरेको आरोपमा चारजनालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय बाँकेले कानुनी कारवाही अगाडि बढाएको थियो ।









