Advertisement
नकपुरधाम । महोत्तरीमा छुरा प्रहार गरी जलेश्वर नगरपालिका ९ का ६० वर्षीय बेचन रायको हत्या भएको छ । जलेश्वर नगरपालिका(९ आगेपुल स्थित उनीमाथि एक युवकले छुरा प्रहार गरेका थिए । उपचारका लागि प्रादेशिक अस्पताल जलेश्वर लग्दा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
छुरा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले धनुषाको नगराइन नगरपालिका ९ फूलगामाका पप्पु भन्ने २० वर्षीय अनिलकुमार मण्डल रहेका छन् ।
प्रहरीका अनुसार मदिरा र लागुऔषधको नशामा रहेका मण्डलले बाटो हिँड्ने क्रममा विवाद गरी छुरा घाँटीमा प्रहार गरेका थिए ।
उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।









