काठमाडौँ — प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार दिउँसो साढे १ बजेदेखि मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री सुशीला कार्कीको कार्यव्यस्तताले सोमबार बस्न नसकेको मन्त्रिपरिषद्को बैठक मंगलबार बसिरहेको हो ।
Advertisement
प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार प्रधानमन्त्री कार्की विभिन्न कार्यक्रममा सहभागी भएकाले मन्त्रिपरिषद् बैठक बस्न सकेको थिएन ।









