दाउन्नेमा १२ घण्टादेखि यातायात अवरुद्ध

नवलपरासी/ईकान्तिपुर — पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तरगत बुटवल-नारायणगढ खण्डकाे दाउन्नेमा गएराति यातायात अवरुद्ध बनेकाे छ ।

सडक निर्माणमा संलग्न चिनियाँ ठेकेदार कम्पनीकाे लापरवाहीले राजमार्ग १२ घण्टादेखि अवरुद्ध भएकाे हाे ।

Advertisement

दाउन्ने क्षेत्रमा खटिएका प्रहरी निरिक्षक थमनसिंह रानाका अनुसार विश्कर्मा मन्दिरनजिक कल्भर्ट निर्माण गर्न खनेको धुलाम्ये सडकमा ठेकेदारले पानी हालेका कारण चिप्लाेमा गाडी उक्लन नसकेर राजमार्ग अवरुद्ध भएको हो ।

कल्भर्ट निर्माण गर्ने सडक खनेको ठाउँमा आफै रसाएर पानी बगिरहेको थियो । त्यही ठेकेदारले फेरि ट्यांकरबाट पानी हालेका कारण उकालोमा गाडी चढ्न नसकेर राजमार्ग अबरुद्ध भएको रानाले टेलिफोनमा जानकारी दिए ।

बर्दघाट हुँदै नारायणगढतर्फ आउने गाडीकाे लाइन विश्वकर्मा मन्दिरनजिक आइपुगेको छ । नारायणगढ कावासोती हुदै बर्दघाट बुटवल जाने गाडी उकालोमा चढ्न नसकेर इलाका प्रहरी कार्यालय दुम्कीबाससम्म लाइन लागेको रानाले जानकारी दिए ।

पश्चिमबाट नारायणगढतर्फ आउने गाडी तानेर आउजाउको व्यवस्था मिलाइएको र पश्चिम तर्फ जाने सडक पुर्ने र गाडी स्काभेटरले धकेर पठाउने प्रयास भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु