नेपालगन्ज । किसानलाई गहुँ छर्ने चटारो भइरहेका बेला बाँके र बर्दियामा मलको चरम अभाव सृजना भएको छ । मल किन्न नपाउँदा यहाँका किसान भारतबाट चोरी गरेर ल्याएको मल प्रयोग गरेका छन् । तस्करीको मल पनि पाउँन मुस्किल हुँदा कतिपय किसानले गहुँ छर्न सकेका छैनन् । भारतबात तस्करी गरि ल्याएको मल प्रहरीले पक्राउ गर्दा किसान दोहोरो माँरमा परेका छन् । कृषि सामाग्री संस्थान कम्पनी लिमिटेडले खरिद गरेर ल्याएको मल करिव सकिएको छ ।
बाँकेका लागि ३ हजार मेट्रिक टन युरिया, ६ हजार मेट्रिक टन युरिया र १ सय टन पोटास आवश्यक पर्छ । मल विक्रिका लागि ढेड सय सहकारी संस्था कृषि समाग्री लिमिटेडमा दर्ता छन् । त्यस्तै बर्दिया जिल्लाका लागि युरिया, पोटास र डिएपी गरी १२ हजार टन आवश्यक पर्छ । मल विक्रिका लागि १ सय २० सहकारी संस्था कृषि समाग्री लिमिटेडमा दर्ता छन् ।
Advertisement
मल पनि नदिने भारतबाट ल्याउँँदा प्रहरीले पक्राउ गरेर दुःख दिन्छ,’ खजुरा गाउँपालिका रनियापुरका जाबेद खाँ भन्छन् । उनका अनुसार बाँकेका किसानहरु बर्दियाको सीमावर्ती भारतीय बजारबाट मल लैजाने गरेका हुन । भारतबाट तस्करी गरिएको मलले धान खेति गरेका किसानहरु हिउँदे खेतिको सिजनमा फेरि पनि मल पाउँनबाट बन्चित भएका छन् । किसानहरु धान काटेर धमाधम हिउँदी बाली छरिरहेका छन् । ‘मल पाएको भए गहुँ छरेर भ्याईन्थ्यो । अरु हिउँदे बाली लगाई सकियो,’ उढरापुरकै अर्का किसान मोहम्मद अलि शेष भन्छन्,‘हामी किसानलाई जहिले पनि मलकै चिन्ता हुन्छ । सरकारले मल समयमै नदिंदा किसानलाई दुख्ख हुन्छ ।’ स्थानीय कृषि सहकारीमा तीन÷चार पल्ट धाए पनि मल पाउन सकेका छैनन् । मल नहाल्दा उत्पादन घट्ने कृषि अधिकारी बताउँछन् ।









