तेम्बेवा बजारमा आगलागी हुँदा चार घर जले, करोडौँको क्षति

 

ताप्लेजुङ — मिक्वाखोला गाउँपालिका–४ साँवाको तेम्बेवा बजारमा आगलागी हुँदा चार घर पूर्ण रूपमा जलेका छन् भने पाँच परिवार विस्थापित भएका छन् । आगलागीबाट राजकुमार साँवा, इन्द्रकुमार साँवा, विष्णु साँवा र अनिल साँवाको घर जलेको प्रहरीले जनाएको छ ।

Advertisement

यहाँ ५० देखि ६० मनको हाराहारीमा अलैँचीका बोरा भएकाले करोडौँ रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। बुधबार बिहान सदरमुकाम फुङलिङ लैजाने गरी यहाँ गोदाम गरेर राखिएको थियो । अहिले अलैँची प्रतिमन एक लाखको हाराहारीमा मूल्य रहेको छ ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु