जाजरकोटको कार्कीज्युला मेलामा गोली लागेर घाईतेलाई उपचारका लागि कोहलपुर ल्याईयो

कोहलपुर । जाजरकोटको बारेकोट गाउँपालिका–६ मा लाग्ने परम्परागत कार्कीज्युला मेलामा मंगलबारेमा गोली लागेर घाइते भएका ३४ वर्षीय यमबहादुर सिंहलाई उपचारका लागि कोहलपुर ल्याईएको छ ।

प्रहरीका अनुसार स्थानीयले तत्काल उद्धार गरी नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारका लागि पठाएका थिए। हाल घाइतेको नेपालगंजस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ।

Advertisement

मेलामा स्थानीय टेकेन्द्र नेपालीले गोली चलाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

 

जाजरकोटका प्रहरी प्रमुख डिएसपी बसन्तकुमार शर्माका अनुसार प्रहरीले गोली प्रहार गरेको आरोपमा टेकेन्द्र नेपाली वारेकोट ६ टाँसीस्थित आफ्नै घरबाट पक्राउ गरिएको छ। घटनाको अनुसन्धान भइरहेको शर्माको भनाइ छ।

 

 

 

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु