एनपिएल : चितवनलाई पराजित गर्दै लुम्बिनी लायन्सको विजयी सुरुवात

नेपालगन्ज । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजलाई ६ विकेटले हराउँदै
विजयी सुरुवात गरेको छ ।

 

Advertisement

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बिहीबार साँझ भएको खेलमा
जितका लागि एक सय ४३ रनको मध्यम लक्ष्य पछ्याएको लुम्बिनीले १८.३ ओभरमा चार विकेटको क्षतिमा एक सय ४६ रन जोड्दै लक्ष्य पूरा गरेको हो ।

 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ४२ रन बनाएको थियो ।

 

एनपिएलमा पहिलो जितसँगै लुम्बिनीले दुई अङ्क बनाएको छ । दोस्रो खेलमा पहिलो हार खेपेको चितवनको पनि दुई अङ्क छ ।

यसअघि आफ्नो पहिलो खेलमा चितवनले कर्णालीलाई चार विकेटले हराएको थियो । एनपिएल अन्तर्गत शुक्रबार पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबिच साँझ ४:०० बजे प्रतिस्पर्धा हुनेछ ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु