भाडा पुलमा दुर्घटनाः श्रीमतिको मृत्यु, श्रीमान र छोरी गम्भीर घाईते

गुलरिया— गुलरिया नगरपालिका–११ भादापुल नजिक लडिया र मोटरसाइकल ठक्कर खाएर दुर्घटना हुँदा कैलाली भजनी नगरपालिका–१ की ३० वर्षीया सपना सुनारको मृत्यु भएको छ । दुर्घटनामा परी उनका श्रीमान र छोरी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

नेपालगन्जबाट कैलाली तर्फ तीनजना सवार भे १२ प ७०५५ नम्बरको मोटरसाइकल बिहीबार राति बयलगाडासँग ठोक्किएको थियो । उनको उपचारको क्रममा जिल्ला अस्पताल गुलरियामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । मोटरसाइकल चालक सपनाका श्रीमान् ३६ वर्षीय चञ्चल सुनार र छोरी ५ वर्षीया कृष्णा सुनार गम्भीर घाइते भएका छन् । घाइतेहरुको प उपचारका लागि नेपालगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु