राजेश अहिराजको मुद्दा पेसीमा

 

काठमाडौँ । जबरजस्ती करणी अभियोगमा थुनामा रहेका मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराजको मुद्दा सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।

Advertisement

उनले कात्तिक २३ मा थुनामुक्त गर्न माग गर्दै दफा ७३ अन्तर्गत निवेदन दिएका थिए । उनलाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

त्यसविरुद्ध सुरुमा उच्च अदालत पाटन पुगेका थिए । उच्च अदालतले २०८२ भदौ १२ मा अहिराज भन्ने राजेश झालाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश सदर गरेको थियो ।

 

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु