काठमाडौँ । नेपाली कांग्रेसको शनिबार बसेको केन्द्रीय समिति बैठकले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा भाग लिने निर्णय गर्दै अन्य सबै राजनीतिक दलले पनि भाग लिनुपर्नेमा जोड दिएको छ ।
Advertisement
कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सबै राजनीतिक दलले उत्साहपूर्वक सहभागिता जनाउन आवश्यक छ।
धैर्य, संघर्ष र त्यागका माध्यमबाट जनताले स्थापित गरेको संघीय, समावेशी, लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संरक्षण तथा संस्थागत विकास साझा जिम्मेवारी भएको समेत कांग्रेसको भनाइ छ ।









