बर्दिया । नगदे बालीको रूपमा रहेको तोरी किसानको बारीभरि फुलेको छ । तोरी छरेका किसानको बारी यतिबेला पहेँलै बनेका छन् ।किसानले सिँचाइ नहुने बारीमा मकै र तोरीको खेती गर्ने गरेका छन् ।
Advertisement
किसानले तोरीबाट तेल पेलेर घरमै प्रयोग गर्ने गरेका छन् । तोरीले तेलमा आत्मनिर्भर बनाएको किसानको भनाइ छ ।
तोरीले यहाँको सौन्दर्यसमेत बढाएको छ । पृष्ठभूमिमा पहेँलै फूलेका तोरीलाई देखाएर फोटो खिच्ने र टिकटक भिडियो बनाउनेहरू अहिले फाँटमा जम्मा हुन थालेका छन् । तोरीको तेल खाने तेल मध्ये उपयुक्त मानिन्छ भने तोरीको फूल फूलेको बेला मौरीले उत्कृष्ठ मह बनाउछ












