आइसिसी टी २० विश्वकप एसिया छनोटः ओमानले नेपाललाई दियो १४६ रनको लक्ष्य

काठमाडौं, कात्तिक १६ । आइसिसी टी २० विश्वकप एसिया छनोटमासमूह ‘ए’ विजेताको टुंगो लाग्ने खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको ओमानले ९ विकेटको क्षतिमा १४५ रन जोडुर नेपाललाई ओमानले १४६ रनको लक्ष्य दिएको छ ।

समूह ‘ए’ मा नेपाल र ओमान यसअघि नै दुई खेल जितेर सेमिफाइनल पुगिसकेका छन्। नेपालले पहिलो खेलमा सिंगापुरविरुद्ध ८ विकेट र दोस्रो खेलमा मलेसियाविरुद्ध ६ विकेटको जित निकालेको थियो। ओमानले पहिलो खेलमा मलेसियालाई ३२ रन र दोस्रो खेलमा सिंगापुरलाई २२ रनले हराएको थियो । आजको खेलले समूह विजेताको टुंगो लाग्नेछ।

Advertisement

समूह ‘ए’ को विजेताले समूह ‘बी’को उपविजेता र समूह ‘ए’को उपविजेताले समूह ‘बी’ को विजेतासँग सेमिफाइनल खेल्नेछन्।

समूह ‘बी’ बाट युएई सेमिफाइनल प्रवेश गरिसकेको छ। बाँकी एक टिमको टुंगो आजको खेलबाट लाग्नेछ। एसिया छनोटको फाइनल पुग्ने २ टिमले आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी(२० विश्वकप खेल्नेछ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु