संसदको चालु अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले संघीय संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले संसदको चालु अधिवेशन बिहीबार राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

Advertisement

यसअघि बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलमा बिहीबारदेखि संसदको अधिवेशन अन्त्य गर्ने सहमति भएको थियो।

साथै बिहीबारको मन्त्रिपरिषद बैठकले विश्वबाबु पुडासैनी र राधिका अर्याललाई सचिवमा बढुवा गर्ने निर्णयसमेत गरेको छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु