Advertisement
सर्लाही। सर्लाहीको लालबन्दी नगरपालिका–७, मा रहेको डुमडुमे मन्दिर अगाडि पेट्रोल छर्किएर शरीरमा आगो लगाएका झापाको गौरादह नगरपालिका–२, का ५५ वर्षीय सूर्यप्रसाद पोखरेलको प्रादेशिक अस्पताल जनकपुरमा उपचार गर्दागर्दै मृत्यु भएको छ । उनले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए । बुधबार बिहान उपचारका क्रममा मृत्यु भएको छ ।
पोखरेलको उपचारकै क्रममा बुधबार बिहान २ बजेतिर मृत्यु भएको हो ।
पोखरेलले आत्मदाह गर्नुभएको कारण खुल्न सकेको छैन । प्रारम्भिक जानकारी अनुसार पोखरेल केही समयदेखि प्रायः घरमा नबस्ने र मठ, मन्दिरमा बस्ने गरेको पाइएको छ ।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमै राखिएको छ । मृतकका आफन्त अहिले बिहान झापाबाट जनकपुरका लागि प्रस्थान गरेका इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।









