यति ब्रेअरी प्रा.लिको आयोजनामा नेपालगन्जमा दरखाने कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । आउँदै गरेका नेपाली हिन्दु महिलाहरुको विशेष पर्व हरितालिका तिजको अवसर पारेर तीज कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा बाँकेमा मदिरा ब्यवसायमा आवद्ध दिदिबहिनिहरुमाृ सहभागीता रहेको थियो । बर्षमा एक पटक सामुहिक रुपमा खुसी बाँड्न एकै थलोमा नाचगान सहित तीज मनाउन कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
Advertisement
कार्यक्रममा मदिरा ब्यवसायी संघका अध्यक्ष मिम बहादुर सिंह ठकुरी ,लुम्बीवी प्रदेश उपाध्यक्ष हरिलाल न्यौपाने, कम्पनीका सिनियर सेल्सम्यान कमल वडु लगायतको सहधागीता रहेको थियो ।
कार्यक्रममा ५०० भन्दा वढीको सहभागीता रहेको थियो । कार्यक्रममा गोला प्रथाबाट विजयीलाई आक्रर्षक पुरस्कार दिईएको नेपालगन्जका डिलर बस्नेत सप्लार्यसका प्रोपाईटर जगत बस्नेतले जानकारी दिनुभयो । यो कम्पनीको अर्ना वियार अहिले वजारका निकै चर्चामाका रहेको छ ।









