महिलामाथि दैनिक हिँसाका घटना: छलफलमै टुङिन्छन अधिकाँस मुद्दा

नेपालगन्ज-घरेलु हिंसामा परेका अधिकांश महिलाहरु प्रहरीमा उजुरी गर्ने तर छलफलपछि आफै मिलापत्र गर्दै आएको पाइएको छ ।

आफन्त, सामाजिक दबाव र एक्लो पर्ने डरका कारण हिंसामा परेका महिलाहरु नचाहेर पनि मिलापत्र गर्न बाध्य भएका हुन । कतिपय पीडित महिलाहरु मिलापत्रपछि फेरि पनि पटकपटक उजुरी दिने गरेका छन् । थोरै मात्रै मुद्दा अदालतमा पुग्ने गरेको छ ।

Advertisement

अधिकारकर्मी केशव कोईरालाले सामाजिक परम्पराका कारण हिंसामा परेका महिलाहरु मिलापत्र गर्न बाध्य हुने गरेको सुनाए । उनका अनुसार हिंसाका परेका महिलाहरुलाई मिलापत्र गर्न दबाव दिईन्छ । श्रीमान श्रीमतिबीच कहिलेकसो बिवाद हुन्छ भनाई छ । श्रीमान हो एकदुई झापड हानिहाल्छन भन्ने मान्यता छ । पीडित महिलाकै परिवारबाट मिल्न भनिन्छ,’ उनले भने,हिंसामा परेका महिलाहरुलाई सहयोग गर्ने कमै हुन्छन् । त्यसैले उनीहरु अदालतसम्म जान सक्दैनन् ।

कतिपय महिलाहरु सुरक्षाको कारण देखाउदै हिंसाका घटना सार्वजनिक गर्दैनन् ,स्थानीय प्रशासन र अधिकारबादी संस्थाहरुले घरेलु हिंसाबिरुद्ध सबै पक्ष लाग्न र हिंसा नसह्न सुझाव दिंदै आएका छन् । महिलामाथि हुने विभिन्न हिसा नियन्त्रण गर्न सरकारले कडा कानुन ल्याए पनि यस्ता घटना दैनिकजसो भइरहेका छन् । हिंसाका घटनाहरु महिला तथा बालवबालिका कार्यालय, गैरसरकारी संस्था र प्रहरीमा उजुरी पर्ने गरेको हो ।

दाईजो, मदिरापान, बहुविवाह लगागतका कारणले महिलाहरु माथि शारिरिक, सामाजिक, भावनात्मक, आर्थिक हिंसा हुने गरेको छ । त्यसैगरी महिलाहरुले श्रीमानबाट हुने हिंसालाई दबाउने, लुकाउने गरेका कारणले पनि हिंसा बढी रहेको हो । हिंसाबाट पीडित महिलाले कानुनी उपचार खोज्न ढिलाई गर्ने गर्दा ज्यानसम्म जाने घटनाहरु भइरहेका छन् ।

जिल्ला बारका पुर्ब अध्यक्ष तथा अधिवक्ता बिश्वजित तिवारीले हिंसाका घटनाहरुलाई कानुनले फौजदारी अपराधका रुपमा ब्याख्या गरेको बताउछन् । उनले पीडित महिलाहरु आफ्नै परिवारकाबिरुद्ध मुद्दा दर्ता गर्न डराउने गरेकाले कतिपय घटना मिलापत्रमा टुङिने गरेको बताए । तर, गम्भीर फौजदारी अपराधहरु बलात्कार, बलात्कार प्रयासका घटनाहरु भने मिलापत्र गर्न पाईदैन,’ उनले भने ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु