बाह रे ,बार बर्दिया

नेपालगन्ज -रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्र सुर्खेतबाट डेढ दशकअघि पश्चिम तराईलाई लक्षित गरी थारु भाषामा दैनिकजसो एउटा गीत बज्थ्यो ।

मगरागारी गाउँ, बनवा हुईना ठाउँ
डईना पख्ना नाई हो साली कैसे उरी जाउँ
छोटीमोटी खोल्टीमा मेघवा फुटुक्का
रातभर सल्लाह कर्बी जैबी उरहरका ।

Advertisement

आधुनिक झै लाग्ने यो गीत सबैको जनजीब्रोमा झुण्डिएको थियो । यो गीत जति लोक प्रीय लाग्थ्यो, त्यो भन्दा बढी मगरागाडी क्षेत्र दुर्गमताले पिल्सिएको सन्देश दिन्थ्यो । थारु भाषाको गीतको भावले भन्थ्यो—
मगरागारी गाउँ, बनैबन भएको ठाउँ
चरा झै पखेटा छैन कसरी उडेर त्यहाँ जाउँ
सानोसानो खाल्डोमा भ्यागुता उफ्रिने
रातभरीको सल्लाहपछि भागेर जाने ।
गीतमा भनेजस्तो बर्दियाको मगरागाडी गाउँ अब गाउबाह रे,  बार बर्दिया

गीतमा भनेजस्तो बर्दियाको मगरागाडी गाउँ अब गाउँ रहेन । उडेर गाउँ पुग्न चराको झै पखेटा चाहिदैन । भ्यागुत उफ्रिने खाडलै खाडल भएका सडक कालोपत्रे भएर पक्की भइसक्यो । जंगलै जंगल रहेको गाउँ शहर बनिसक्यो । हो, त्यही मगरागाडी बजार बार बर्दिया नगरपालिकाको सदरमुकामका रुपमा विकास भइरहेको छ । स्थानीय तहको अवधारणा आएपछि पहिलेको मगरागाडी, धधवार, बनियाभार र पदनाहा गाविसलाई गाभेर बार बर्दिया नगरपालिका बनाइएको छ । साविक ४ वटै गाविस निकै दुर्गम बस्ती थिए । बारबर्दियाका निर्वतमान प्रमुख दुर्गा प्रसाद चौधरीले पालिकाको संस्थागत विकासका लागि पहल गरेका थिए ।

०४८ पछिका गठन भएको गाविसले मुस्किलले सडकमा कालोपत्रेसम्म गर्न भ्याएका थिए । ति गाविसमा पीच सडकको नामो निशान थिएन । तर, केही हदसम्म भने विकासको गतिमा लम्किने प्रयास भएको थियो । गणतन्त्रको स्थापनापछि जब स्थानीय सरकार गठन भयो, बारबर्दिया नगरपालिकाले विकासमा फड्को मारेको छ । सामाजिक मुल्य मान्यता र सकारात्मक परम्पराको संरक्षणसंगै सडक, बिजुली, शिक्षा, स्वास्थ्य क्षेत्रमा निकै अगाडि बढेको छ । समाजका लागि योगदान दिएका व्यक्तिहरुको नामबाट अस्पताल, सडक, चोकका नामाकरण गरिएको छ । सर्वसाधारणहरुले स्थानीय सरकारबाट ‘गाउमै सिंह दरवार’ ले दिने अधिकारको प्रत्याभुति गर्न पाएका छन् । ‘१५÷२० वर्षअघि सडक हिलो हुन्थे । कुलोमा कल्भर्ट थिएन । उपचारका लागि नेपालगन्ज जानु प¥थ्यो तर अहिले हाम्रै पालिकामा निकै धेरै विकास भइरहेको छ,’ स्थानीय नरेन्द्रराज शर्मा भन्छन्,‘धेरै कामका लागि अब बाहिर जानै परेको छैन । हरेक चिजको सुविधा गाउँघरबाटैपाउँन थालिएको छ ।’

गाउँमा १८ मिटर फरालिलो सडक
जिल्लाका अन्य शहरका सडक संघुँरो छन् । तर, बार बर्दिया नगरपालिकाले भविष्यलाई ध्यानमा राखेर सडक निमार्णमको क्रमलाई तिब्रता दिएको छ । गाउँ घरका गल्लीका सडकलाई पनि कम्तिमा ८ मिटर चौडा निमार्ण गरिरहेको छ । मुल सडकहरु १८ मिटर चौडासम्मका छन् । अतिक्रमण हटाएर धमाधम सडक निमार्ण र कालोपत्रे भइरहेको छ । पुर्बपश्चिम महेन्द्र राजमार्गको रम्भापुर सैनिक पोष्टदेखि सदरमुकाम मगरागाडी हुँदै जिल्लाको सदरमुका गुलरियासम्म जोडिएको छ । गाउँहरु फराकिला सडक सन्जालमा जोडिएका छन् । त्यस्तै बैदी चोकदेखि मगरागाडीसम्म र बैदी चोकदेखि सतखोलवा तालसम्मको बाटो पक्की भइसकेको छ । बैदी चोकबाट सिधै सदरमुकाम गुलरियालाई जोडिएको छ । जोगी गाउँ हुँदै मधुवन नगरपालिकाको सदरमुकाम ताराताललाई सडक सन्जालसंग जोडिएको छ । नगरपालिकामा सामुदायिक वन र बर्दिया निकुन्ज पर्ने भएकाले ढुँगाँ र गिटट्ीको खासै समस्या छैन । जसका कारण नगरपालिकालाई सडक निमार्ण गर्न सहज भएको हो ।

सडकहरुको नामाकरण सशस्त्र द्धन्द्धका क्रममा ज्यान गुमाएका र बेपत्ता भएका व्यक्तिहरुको नामबाट गरिएको छ । पहिलो शहीद सगुनलाल चौधरीको वडा न. १० सिम्रहवामा मुर्ती राखिएको छ । यसले द्धन्द्धबाट पीडितहरुको घाउमा मलाम लगाएको छ । बारबर्दियाबाट मात्रै द्धन्द्धका क्रममा ७७ जनाले ज्यान गुमाएका छन् भने ५ जना बेपत्ताको सूचीमा छन् । उनीहरुको सम्मानका लागि राजमार्गको नाम राखिएको छ ।

गुणात्कम शिक्षा
यहाँका बिद्यार्थी पढ्नका लागि नेपालगन्ज र गुलरिया पढ्न जानुपर्ने बाध्यता थियो । तर प्राविधिक शिक्षा सन्चालनपछि बाहिरका बिद्यार्थी बार बर्दियाका बिद्यालयमा पढ्न आउन थालेका छन् । सरकारी बिद्यालयहरुमा प्राविधिक ज्ञान(टिएसएलसी) सन्चालन गरिएको छ । यस वर्ष वन बिज्ञानको पढाई बार बर्दिया नगरपालिकामा सुरु भएको छ । यसअघि पोखरा र भरतपुरमा पढाई हुने वन बिज्ञान बर्दियामै सुरु गरिएको हो । सरकारी बिद्यालयहरुका लागि नगरपालिकाले वस सहयोग गरेको छ । त्यस्तै, बार बर्दियाले आफ्नै पाठ्यक्रम लागु गरेको छ । हमार बारबर्दिया पाठ्यक्रममा धर्म, ंसंस्कृति, चाडपर्व, रितीरिवाज, अनुशासन, खानपीन, भेषभुषा, जडिबुटी, परम्परागत पहिचान लगायतका विषय समाबेश गरिएका छन् ।

बडघर प्रथा र थारु भाषाको जग्रेना
बार बर्दिया नगरपालिकाले मुलुकमै पहिलो पल्ट बडघर ऐन २०७४ पास गरेर चर्चामा आएको हो । थारु बहुल क्षेत्र भएका कारण उक्त नगरपालिकामा अझै पनि बडघर पर्था कायमै छ । विकासका काममा बडघरले अग्रेणी भूमिका निर्वाह गर्दै आएकाले बडघर ऐन ल्याइएको हो । बडघर प्रथा हजारौ वर्ष पुरानो हो । यो प्रथाले समाजमा विकासलाई अगाडि बढाउन सहयोग पुर्याउने भएकाले संरक्षणका लागि बडघर प्रथा आवश्यक छ । थारु समुदायको नया“ वर्ष माघी मनाईपछि गाउँगाउँमा बडघर छनौट गरिन्छ । गाउँको विकास, कुलो मर्मत, सार्वजनिक कार्यहरु उनीहरुकै नेतृत्वमा गरिन्छ । सानातिना विवादहरु बडघरले नै समाधान गर्दै आएका छन् । गाउँ चलाउनका लागि आवश्यक पर्ने नीति नियमहरु बडघरकै नेतृत्वले बनाईन्छ ।

पछिल्लो समय बडघर बन्न खोज्नेहरुको संख्या घट्न थालेको छ । बडघरले गाउँको अगुवाई गर्दा कुनै परिश्रमिक पाउँदैनन् । सडक तथा कल्भर्ट निर्माणलगायतका विकासका काम, बर्षमा गाउँमा गरिने पूजा, विवाह, मृत्यु संस्कारका लागि आवश्यक पर्ने जनशक्तिको व्यवस्था बडघरको अधिकार भित्र पर्छन । कुनै घटना भए बडघरले छलफल गर्छन । सानातिना विवाद उनीहरुले नै मिलाउनु पर्छ । समुदायका लागि २४ घण्टा समय दिनु पर्दा घरको काम गर्न भ्याउँदैनन् । त्यस्तै, पालिकाले थारु भाषालाई स्थानीय सरकारी कामकाजको रुपमा मान्यता दिएको छ । यसले थारु समुदायको मन जितेको छ ।प्रस्तुतीः ठाकुरसिंह थारु/कान्तिपुरमा प्रकाशित ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु