उच्च अदालतद्धारा पुर्ब सभामुख महरालाई २० लाख धरौटीमा छाड्न आदेश

 

काठमाडौँ — उच्च अदालत पाटनले सुन तस्करीमा मुछिएका पूर्वसभामुख कृष्णबहादुर महरालाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । बिहीबार उच्च अदालत पाटनका न्यायाधीयशद्धय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले महरालाई धरौटीमा छाड्न आदेश दिएको हो ।

Advertisement

सुन तस्करी प्रकरणमा मुछिएका महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गत असोज २६ मा पक्राउ गरेको थियो ।

त्यस्तै असोज २९ गते जिल्ला अदालत काठमाडौंले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

 

चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोप लागेका पूर्वसभामुख महरामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ ।

 

उच्चले महरामाथि लागेको अभियोग दाबी तथा संकलित सबूत प्रमाण, उमेर र स्वास्थ्य अवस्थासमेतलाई मध्यनजर गर्दै पछि थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने भन्दै २० लाख रुपैयाँ नगद धरौटी वा सो बराबरको जमानत वा बैंक जमानत लिएर धरौटीमा छाड्न आदेश दिएको हो ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु