बर्दिया । बर्दियाका सामुदायिक वनमा चितुवाको आक्रमणमा परी सर्बसाधारणको ज्यान जाने गरेको घटना नौलो होईन ।
तर, स्थानीयको जिवन सुरक्षाका लागि चितुवा नियन्त्रण गर्नेबाहेक सचेतनाका कार्यक्रम सन्चालन गरिएका छैनन ।
तर, भारतको महाराष्ट्र राज्यको पूणेस्थित एउटा गाउँमा चितुवाको आतङ्कबाट जोगिन मानिसहरूले अनौठो जुक्ति निकालेका छन्।
Advertisement
चितुवाले मानिसहरूलाई आक्रमण गर्न थालेपछि खेतमा काम गर्न जानेहरूले घाँटीमा फलामका किला भएको पट्टी बाँध्न थालेका छन्।
चितुवाले प्रायजसो मानिसको गर्धन र घाँटीमा आक्रमण गर्ने भएकाले फलामबाट बनेको काँडेदार पट्टीले ती अङ्गलाई जोगाउने उनीहरूको विश्वास छ।









