बर्दियाको बेलभारमा फेरि चितुवाको आक्रमणमा महिलाको मृत्यु, दुई जना घाईते

 

बर्दिया — बारबर्दिया नगरपालिका–११ बेलभारस्थित सामुदायिक वनमा चितुवाले आक्रमण गर्दा ५९ वर्षीय गोपी थारुको मृत्यु भएको छ । दुई जना गम्भीर घाईते भएका छन् ।

Advertisement

शुक्रबार दिउँसो घाँस काट्ने क्रममा चितुवाले आक्रमण गरेको हो । चितुवाले आक्रमणबाट जोगिन भाग्ने क्रममा स्थानीय ईन्दिरा र मनिषा दहित घाईते भएका हुन । उनीहरुको नगर अस्पताल बारबर्दियामा उपचार भइरहेको बर्दिया प्रहरीले जनाएको छ । यसअघि पनि उक्त क्षेत्रमा चितुवाले आक्रमण गरी स्थानीयलाई घाईते बनाएको थियो ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु