
बर्दिया, मैनापोखर,१३ मंसिर २०८२
बर्दियाको मैनापोखरमा रहेको कृष्णसार बिद्या निकेतनले १९ औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । शुक्रबार बिद्यालयमा एक भव्य समारोहको आयोजना गरी बार्षिकोत्सव सम्पन्न गरेको छ । बार्षिकोत्सवको अवसरमा मार्च पास, पुरस्कार एवम् छात्रबृत्ति बितरण, पि.टी ड्रिल र फर्मेसन, चित्रकला प्रर्दशनी, कक्षा नर्सरीदेखि ग्प्न् सम्मको लय प्रस्तुति, कर्तव्य नामक चेतनामुलक नाटक, नृत्य एवं गीतकला प्रस्तुति लगायत् बिभिन्न संस्कृतिक कार्यक्रम गरिएको छ । बिद्यालयमा रहेका एक हजार बढी बिद्यार्थीले कुनै न कुनै क्रियाकलापमा सहभागी भएर कार्यक्रम सम्पन्न गरेको बिद्यालयका प्रधानध्यापक नगेन्द्र भण्डारीले बताए ।
Advertisement

कार्यक्रमका प्रमुख अतिथि बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले शुभकामना दिर्दै बिद्यालयको उत्तर उत्तर प्रगतिको कामना गरे । उनले भने, संस्थागत बिद्यालयको शिक्षा क्षेत्रमा ठुलो योगदान रहेको छ । गाउँपालिकाले संस्थागत र समुदायिक बिद्यालय दुबैलाई एउटै नजरबाट हेर्ने गरेको बताए ।
बर्दियामा उत्कृष्ट नतिजा दिर्दै आएको कृष्णसार बिद्या निकेतनले २०८१ सालको परिक्षामा उत्कृष्ट अंक ल्याई उतिर्ण हुने बिद्यार्थीलाई पुरस्कार बितरण गरिएको छ । यसका साथै २०८१ सालको एस ई ई मा उत्कृष्ट अंक ब् प्लस अंक ल्याई उतिर्ण हुने १६ जना बिद्यार्थीलाई दोसल्ला ओढाई सम्मान गरिएको छ, भने एमबिबिएसको पुर्ण छात्रबृत्तिमा ४२ औं नम्बरमा नाम निकाल्स सफल बिद्यालयका पुर्व बिद्यार्थी मोहन क्षेत्रीलाई समेत दोसल्ला ओढाई सम्मान पत्रद्धरा सम्मान गरिएको बिद्यालयका कार्यकारी प्रमुख ईश्वरी प्रसाद रिजालले बताए ।

बढैयाताल गाउँपालिकामा संस्थागत बिद्यालयतर्पm छुट्टै पहिचान बनाउन सफल बिद्यालयले उत्कृष्ट शिक्षाक तथा कर्मचारी समेत सम्मान गरेको छ । उत्कृष्ट शिक्षकतर्पm श्याम प्रसाद ढकाल र उत्कृष्ट कर्मचारीतर्पm सुरक्षा गार्ड बसन्त गिरीलाई सम्मान गरिएको प्रधानध्यापक भण्डारीले बताए ।

कार्यक्रममा बिशिष्ट अतिथि बढैयाताल गाउँपालिकाका शिक्षा शाखा प्रमुख बिश्वराज ढकाल, व्याव्सन बर्दियाका उपाध्यक्ष जित बहादुर रोकाय, अतिथिहरु बढैयाताल गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष शुक्रराज सापकोटा, वडा नं. ५ का वडा अध्यक्ष तुलाराम थारु, वडा नं. ८ का वडा अध्यक्ष तेज नाथ पौडेल, वडा नं. २ का वडा अध्यक्ष दिला देव गिरी, ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरिक्षक अच्युत गिरी, बढैयाताल नागरिक समाजका अध्यक्ष बाल कृष्ण लामिछाने, शिक्षक भिम बहादुर ठकुरी लगायत् समाजसेवी शिक्षाप्रेमी, अभिभावक, बिद्यार्थीहरुको उल्लेख्य मात्रमा सहभागिता रहेको थियो ।



















