Advertisement
काठमाडौँ — जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले बिहीबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै देश (टाइटानिक) जहाज जस्तै डुबिरहेको बताएका छन् । अँध्यारो कोठामा तीन नेताले गरेको निर्णयलाई सार्वभौम सत्ता भन्न नसकिने उनको तर्क थियो ।
अध्यक्ष राउतले प्रतिशोध साँध्नका लागि सरकारबाट पक्राउ गर्ने कुरा राम्रो नभएको समेत बताए । उनले देशमा जनताका लागि लोकतन्त्र नभएको दाबी गरेका थिए ।
उनले ठूला दलहरूले नयाँ दललाई अपहेलना गरिरहेको आरोप समेत लगाए । ुचियापान समारोहमा बोलाउँछौं र त्यहाँ नयाँलाई त हामी भष्म पार्दिन्छौं भन्छौं । कस्तो खालको आक्रोश हो रु आफू भित्र समीक्षा गर्न सक्नुहुन्न,ु उनले भने, ुजनताको आवाज उठेपछि त्यो सुन्नुपर्छ । जनतको कुरा उठेपछि बत्ती बल्छ, लामो भाषण गर्दा केही हुँदैन थियो । देश टाइटानिक डुबे जस्तै डुब्दैछ । यो डुबाउने चालकहरु नै हुन् ।ु








