गुलरिया । बाँके बैजनाथ गाउँपालिका वडा ३ बस्ने २० वर्षीय रबिन्द्रकुमार थारू बर्दियाबाट लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका छ्न ।
भारतको सिमा नाकाबाट नेपालतर्फ साइकलमा आउँदैगर्दा बढैयाताल गाउँपालिका –२ फुटाह चेकपोष्टमा उनलाई प्रहरीले पक्रउ गरेको हो । शंकास्पद तरिकाले साइकलमा हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा प्लाष्टिकमा पुडिया बनाएर राखेको एक ग्राम ६६० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।
Advertisement
थारूलाई इलाका प्रहरी कार्यालय मैनापोखरमा राखी अनुसन्धान भैरहेको छ ।









