नेपालगन्ज । भारतसंग जोडिएको नेपालगन्जमा लागुऔषध दुब्र्यसनीको अवस्था भयाभव छ । हाल आएर पहाडि जिल्लामा तस्करी हुन थालेको छ,’ प्रहरी भन्छ,‘भारतमा सस्तोमा किनेर महङोमा बिक्री हुने भएकाले कारोबारी बढेको हो ।’
प्रहरीले लागुऔषध सेवन र कारोबारीको आरोपमा दैनिक १० जनासम्म बढीलाई पक्राउ गर्दै आएको छ । बाँके प्रहरीको हिरासत दैनिक दुब्यर्सनीले भरिने गरेको छ । एक सय बढीबिरुद्व लागुऔषध मुद्दा चलाइएको प्रहरीले जनाएको छ । लागुऔषध सहित विभिन्न व्यक्तिहरु दैनिकजसो पक्राउ पर्न थालेपछि जिल्ला प्रहरी कार्यालयको हिरासत कक्ष भरिने गर्छ । पक्राउ पर्नेमा लागुऔषध बोक्ने भरिया र दुव्र्यसनीसमेत रहेको प्रहरीले जनाएको छ ।
Advertisement
पक्राउ परेकाबिरुद्व मुद्धा चलाउन प्रहरीले हिरासतमा राख्ने गरेको हो । घटनाको अनुसन्धान गर्न समय लाग्ने र थप व्यक्तिहरु पक्राउ परिरहेकाले ठाउँ अभाव हुने गरेको हो । नेपालगन्ज र आसपासका क्षेत्र लागुऔषध कारोबार र प्रयोगकर्ताहरुको केन्द्रबिन्दु जस्तै भएको छ । लागुऔषध तस्करीमा प्रयोग गरिएका भरियालाई प्रहरीले दैनिकजसो पक्राउ गर्दै मुद्धा चलाउँदै आएको छ । लागुऔषध सहित पक्राउ पर्ने व्यक्तिले प्रहरीमा बयान दिंदा पैसाको प्रलोभनमा परेको र तस्करी गराउनेलाई नचिनेको बताउने गरेका छन् ।
खुला सीमाका कारण यहाँका लागुऔषध तस्करी नियन्त्रण निकै चुनौतीपुर्ण बन्दै गएको छ भने गिरोहको चलखेल बर्षौदेखि जारी छ ।
जिल्लामा लागुऔषध गाउँमा पनि पाउन थालेको छ । झोलमा पाईने कोरेक्स, ट्याब्लेट र ब्राउनसुगर गाउँमै बिक्री हुन थालेको हो । लागु औषधको कुलतमा बालवालिका पनि फसिरहेको स्थानीयले बताए । नेपालगन्ज र कोहलपुरमा लागुऔषध प्रयोगकर्ता देखिन्थे । देखासिकीमा गाउ“का युवा र बालवालिकाहरु दुव्र्यसनीमा फस्न थालेका हुन । लागु औषध प्रयोग गर्दा अभिभावकलाई जानकारी नहुने भएकाले उनीहरु त्यसतर्फ आकर्षित हुन थालेका हुन ।









