गुलरिया — प्रहरीले गुलरिया नगरपालिका १ सेलटाडीगाउँबाट २२ वर्षीय सुरज थारुलाई चेक गर्दा १ ग्राम ४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
Advertisement
प्रहरीका अनुसार थारुले लुकाइछिपाई राखेको कालो र निलो प्लास्टिक २ थान पुडियामा १ ग्राम ४० मिलिग्राम ब्राउन सुगर बरामद भएको हो । उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय,ढोढरीमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









