रिगल नेपालगन्जबाट पक्राउ

 

काठमाडौँ — सर्वोच्च अदालतले कैद माफी बदर गर्न परमादेश दिएपछि प्रहरीले व्यक्ति हत्याका दोषी रिगल भनिने योगराज ढकाललाई नेपालगन्जबाट पक्राउ गरेको छ । बाँकेका डीएसपी नारायण डाँगीका अनुसार
सर्वोच्चबाट बिहीबार आदेश आएको केही घण्टामै प्रहरीले रिगललाई नेपालगन्जस्थित सेतु बिक चोकबाट पक्राउ गरेको हो ।

Advertisement

 

सर्वोच्च अदालतबाट राष्ट्रपतिले दिएको सजाय माफीविरुद्धको मुद्दामा आदेश आएलगत्तै रिगल मोबाइल स्वीच अफ गरेर भाग्ने तयारीमा रहेको प्रहरीको दाबि छ । तर, उनको निगरानी गरिरहेको प्रहरीले आदेशलगत्तै नेपालगन्जबाटै पक्राउ गरी पुनः कारागार चलानको तयारी गरेको छ ।

रिगललाई सरकारको सिफारिसमा गत असोज ३ गते राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए । रिगलले विसं २०७२ असार २८ गते नेपालगन्जको धम्बोझीचोक नजिकै चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेका थिए ।

 

सरकारले रिगलको बाँकी कैद मिनाहा गर्ने निर्णयविरुद्ध चेतनकी श्रीमतीले गत असोज २२ गते सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । रिगलले ११ वर्ष ११ महिना पाँच दिन कैद सजाय भुक्तान गर्न बाँकी थियो ।

 

 

 

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु