सर्बोच्चको आदेशपछि पक्राउ परेका रिगललाई अदालतमा पेश गरियो

नेपालगन्ज । सर्बोच्च अदालतको आदेशपछि पक्राउ परेका नेपालगन्जका योगराज ढकाल ु(रिगलु) लाई प्रहरीले शुक्रबार जिल्ला अदालत बाँकेमा पेश गरेको छ।

बाँकेका प्रहरी प्रमुख एसपी सुवाशचन्द्र बोहोराले बिहान दस बजेपछि रिगललाई अदालतमा पेश गरिएको बताए। अदालतले रिगलले अब थप जेल बस्नुपर्ने समय निर्धारण गर्ने छ।

Advertisement

रिगललाई कुन कारागारमा पठाउने भन्ने कुरा कारागार व्यवस्था विभाग र अदालत दुबैले तय गर्न सक्ने एसपी बोहोराले बताए।

 

‘ज्यान मुद्दामा सजाय भोगिरहेका सोही समूहका व्यक्तिहरू पनि बाँके कारागारमै छन् र रिगललाई त्यहाँ पठाउँदा झडपको स्थिति आउन सक्ने आँकलन गरिएको छ । रिगल असोज ३ गते संविधान दिवसका दिन सरकारको सिफारिसमा राष्ट्रपतिबाट भुक्तान हुन बाँकी कैद मिनाहा पाएर छुटेका थिए।

सर्वोच्च अदालतले बिहीबार आममाफी बदर गर्दै तत्काल रिगललाई पक्राउ गर्न परमादेश जारी गरेको थियो। त्यसको दुई घन्टा भित्रै नेपालगञ्जको सेतु बिक चोकबाट रिगल पक्राउ परेका थिए। रिगलले भने अदालतको फैसला अनुरूप आत्मसमर्पण गरेको बताएका थिए।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु