बाँकेको जानकी गाउँपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीहरूको चारदिने शैक्षिक अवलोकन भ्रमण सफलतापूर्वक सम्पन्न भएको छ
शिक्षा क्षेत्रमा भइरहेको प्रगति, विकास , सकारात्मक अभ्यासलाई
थप मजबुत बनाउने उद्देश्यले कास्कीको भ्रमणको आयोजना गरिएको हो
मंसिर १७ गतेदेखि सुरु भएको भ्रमण पोखरा स्थित बिन्दाबासिनी उच्च माविमा भएको थियो।
Advertisement
शिक्षा शाखा प्रमुख कृष्णकुमारी भण्डारीले कास्कीको विद्यालयले गरिरहेको उत्कृष्ट कार्य र शिक्षण सिकाइ,पठनपाठनका विषयमा आफ्नो विद्यालयमा विद्यालयमा पनि व्यवहारमा लागू गरिने बताउनुभयो ।










