खोटाङ — कुकुर झुन्ड्याएर मारेको आरोपमा खोटाङ हलेसी तुवाचुङ नगरपालिका–२ का ४४ वर्षीय बाबुराम मगर पक्राउ परेका छन् ।
Advertisement
स्थानीय जसकुमार राईको कुकुरले सोही ठाउँका दलबहादुर राई टोकेको थियो । सो घटनापछि आफ्नो कुकुरले पनि मानिसलाई टोक्ने सोचेर गत शुक्रबार झुन्ड्याएर मारेको मगरले प्रहरीलाई बताएका छन् । उनलाई शनिबार दिउँसो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक राजु विष्टले बताए ।









